निःशुल्क खरिदमा ७८ प्रतिशतसम्म छुट, साथमा बम्पर उपहार पनि

ई–कमर्स प्लेटफर्म बिजबजारले बडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका महान् चाडहरूलाई दृष्टिगत गर्दै "Bizbazar उत्सव नामक योजना योजना सार्वजनिक गरेको छ ।  चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको र यो योजना असोज १० गते घटस्थापना देखिकात्तिक १३ गते सम्म सञ्चालनमा रहने कुरा बिजबजारले जनाएको छ।

यो पटक कम्पनीले नेपाली ब्रान्डलाई पनि प्राथमिकतामा राखेको छ।  जसमा हामी नेपाली भन्ने योजना अन्तर्गत ग्राहकले प्रत्येक नेपाली सामानको खरिदमा उपहार पनि पाउने छन्।  नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई प्रोत्साहन गर्न कम्पनीले यो योजना सार्वजनिक गरेको बताएको छ ।

यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७८ प्रतिशतसम्म छुटसहित विविध रोमाञ्चक र आकर्षक योजना तथा उपहार एवं बम्पर उपहारसमेत प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन् ।  यस योजना अन्तर्गत कम्पनीले तिन भाग्यशाली ग्राहकको लागि मेगा बम्पर उपहार को पनि व्यवस्था गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *