चुरे हिल हस्पिटलमा प्रभु बैंकका ग्राहकले छुट पाउने

प्रभु बैंक लिमिटेड र हेटौंडा, मकवानपुर स्थित चुरे हिल हस्पिटल प्रा.लि. बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट हेटौंडा शाखा कार्यालय प्रमुख अशोक प्रताप साह र चुरे हिल हस्पिटल प्रा.लि.का तर्फबाट प्रशासनिक प्रमुख श्री रविन्द्र कुमार थापाद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले चुरे हिल हस्पिटल प्रा.लिद्वारा सञ्चालित (आइ.सी.यु) बाहेकका सम्पूर्ण सेवामा १५ प्रतिशत का साथै फार्मेसी औषधी शुल्कमा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौताअन्तर्गत चुरे हिल हस्पिटल प्रा.लि. मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, चुरे हिल हस्पिटल प्रा.लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *