गुगलले प्रत्येक वर्ष आफ्नो साइटमा खोजी गरिएका महत्त्वपूर्ण प्रवृत्ति र विषयवस्तुसम्बन्धी वार्षिक सूची सार्वजनिक गर्दै आएको छ । त्यसरी नै यो वर्ष पनि उसले सूची सार्वजनिक गरिसकेको छ ।
सार्वजनिक गरिएको सूचीले यो वर्षको उतारचढावबारे एउटा झलक दिन्छ र पुराना कुराहरूलाई स्मरण गराउँछ । संसारको सबैभन्दा लोकप्रिय सर्च इन्जिनको रूपमा रहेको यो विशाल प्रविधि कम्पनीले वर्षभरि सबैभन्दा धेरै खोजी गरिएका प्रश्न र शीर्षकहरूबारे हरेक वर्षको अन्त्यतिर विवरण सार्वजनिक गर्दै आएको छ ।
डूमस्क्रोलिङ
विश्वभरि कोभिड महामारीले आक्रान्त बनाइरहँदा एउटा लोकप्रिय सर्च पदावली ‘डूमस्क्रोलिङ’सँगै हामी सन् २०२१ मा प्रवेश ग¥यौँ जसले त्यो समयको मर्मलाई प्रतिबिम्बित गर्छ । झन् खराब समाचार आउन सक्ने अनुमानसहित लगातार मोबाइलको स्क्रीन स्क्रोल गर्ने कार्यलाई सो शब्दले दर्साउँछ । गुगलका अनुसार विश्वभरि ‘डूमस्क्रोलिङ’ भन्ने शब्दलाई हालसम्मकै सबैभन्दा धेरै सर्च गरिएको छ जसको उत्कर्ष गत जनवरीमा देखियो ।
विश्वभरि नै धेरै मानिसका लागि अनिश्चितता र तनावको समय रह्यो । सीमानाकाहरू बन्द भए, हवाई सेवा रोकियो र लकडाउनहरू भए । मानिसहरू अनलाइनमा कोभिड–१९ सम्बन्धी ताजा विवरणहरू हेर्न थाले र धेरै मानिसले ‘डूमस्क्रोलिङ’ को अर्थ सर्च गरे ।
मानसिक स्वास्थ्यको बारे
सन् २०२१ मा ‘मेन्टल हेल्थ’ अर्थात् मानसिक स्वास्थ्य विश्वभरि नै हालसम्मकै धेरै सर्च गरियो । आइसोलेशनमा बस्दा एक्लोपन र आफन्तहरू गुमाएको पीडा भोगेसँगै त्यो शब्दको सर्च धेरै भयो । विश्वले ‘हाउ टु मेन्टेन मेन्टल हेल्थ’ अर्थात् मानसिक स्वास्थ्य कसरी राम्रो राख्ने र ‘हाउ टु हील’ अथवा मानसिक समस्याको समाधान कसरी गर्ने भन्नेबारे हालसम्मकै धेरै सर्च ग¥यो ।
जलवायु परिवर्तनको बारे
यो वर्ष हामीले हाम्रो स्वास्थ्यको बारेमा मात्रै चिन्ता गरेनौँ बरु हाम्रो ग्रहको स्वास्थ्य पनि हाम्रो मतिष्कमा रह्यो । जलवायु परिवर्तनको भयावह असरका रूपमा विश्वले सन् २०२१ मा आइडा नामक समुद्री तुफानदेखि खडेरी र भीषण डढेलोसम्मको सामना ग¥यो । गुगल तथ्याङ्कका अनुसार हामीले यसअघि कहिले खोजी नगरेको स्तरमा हरियालीसहित र अझ राम्रोसँग बस्ने तरिकाहरूबारे सोधखोज गरिएको छ ।
जब एण्ड बिजनेस अर्थात् जागिर र व्यापार
खासगरी कोभिड महामारीले निम्त्याएको आर्थिक अनिश्चितताबीच मानिसहरू जागिर र अर्थसम्बन्धी सुरक्षालाई लिएर चिन्तित रहिआएका छन् । गएको वर्ष आफैँ मालिक हुने कुरामा रुचि बढेको देखिएको छ ।
सन् २०२० मा विश्वले नयाँ उद्यमबारे धेरै सोधखोज गरेको पाइयोः ‘हाउ टु गेट ए जब’ अर्थात् जागिर कसरी पाउने भन्दा ‘हाउ टु स्टार्ट ए बिजनेस’ अर्थात् व्यवसाय कसरी सुरु गर्ने भन्ने शब्दावली धेरै सर्च गरेको देखियो । अमेरिकाको श्रम मन्त्रालयका अनुसार त्यहाँ मात्रै गत अक्टोबरमा ४० लाखभन्दा बढी मानिसले जागिर गुमाएका छन् ।
एनएफटी
पैसा कमाउनेबारे मानिसहरूको रुचि देखिएको अर्को शीर्षक रह्यो – एनएफटीहरू । एनएफटी अर्थात् ननफन्जिबल टोकन यस्तो डिजिटल चित्र अथवा कलाकृति हो जसको स्वामित्व पुष्टि गर्नका लागि बनाइएको टोकन किनबेच गर्न सकिन्छ ।
ट्विटरका संस्थापक ज्याक डोर्सीको एनएफटीको पहिलो ट्वीट २९ लाख डलरमा विक्री भएपछि त्यसबारे जिज्ञासा उत्कर्षमा पुगेको थियो । त्यो डिजिटल सम्पत्तिबारे हामीले थप जान्न चाह्यौँ । संसारले एनएफटी शब्दलाई माथि राखेर ‘टु क्रिएट’ भन्ने टर्म सर्च गर्यो ।
अन्तर्वार्ता
शाही भूमिका परित्याग गरेपछि यूकेका राजकुमार ह्यारी र उनी श्रीमती मेगन मार्कलले गत मार्च महिनामा अमेरिकी प्रस्तोता ओप्रा विन्फ्रेलाई आफ्नो पहिलो टेलिभिजन अन्तर्वार्ता दिएका थिए । गुगल ट्रेन्ड इतिहासमा त्यो विश्वभरि ‘सबैभन्दा धेरै सर्च भएको’ अन्तर्वार्ता बन्यो ।
नाटक
अधिकांश समय घरभित्रै बस्दा सानो स्क्रीनअगाडि बसेर शृङ्खलाबद्ध कार्यक्रमहरू हेर्न मानिसहरूसँग पर्याप्त समय भयो । नेटफ्लिक्समा दक्षिण कोरियाली टेलिशृङ्खला स्क्विड गेम विश्वभरि सबैभन्दा बढी सर्च गरिएको कार्यक्रम हो ।
जीवनमै परिवर्तन ल्याउन सक्ने नगद पुरस्कार शृङ्खलाबद्ध घातक खेलहरूमा बाँच्नुपर्ने मानिसहरूको एउटा समूहको कथाले विश्वलाई मन्त्रमुग्ध बनायो । यो नाटक नै यस वर्ष धेरै सर्च भएको नाटक हो ।