नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो। आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।
हिजो आइतबार सुनको मल्य तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार १७० रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal






