प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट

प्रभु बैंक लिमिटेड र ठमेलस्थित केसिज रेस्टुरेन्ट एन्ड बार प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र केसिज रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर सुबोध शाक्यले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले केसिज रेस्टुरेन्टद्वारा ‘फुड’, र ‘बेभरेज’ सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

सम्झौताअन्तर्गत केसिज रेस्टुरेन्टमा सुविधा लिन चाहने ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुट गर्नेछन्।

यो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने भन्ने विश्वास बैंकको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *