७६ जना कोरोना संक्रमित थपिए, ८७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर थप ७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९ जनाको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३० जनाको पीसीआर परीक्षण गर्दा ५३ जना र २ हजार २३९ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ३७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८७ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *