बैंक तथा वित्तीय संस्थाले लिए १ खर्ब ३७ अर्ब स्थायी तरलता सुविधा

बैंक तथा वित्तीय संस्थाहरुले असोज महिना सुुरु भएयता सवा १ खर्ब बढी स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्। नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुुसार बैंक तथा वित्तीय संस्थाले आजसम्म १ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ एसएलएफमार्फत सापटी लिएका हुन् ।

साउन र भदौ  दुुई महिनामा भने बैंकहरुले कुल १६ खर्ब ५३ अर्ब ५० करोड ४५ लाख रुपैयाँ एसएलएफबापतको सुुविधा लिएका थिए । चालुु आर्थिक वर्षको पहिलो महिनामा मात्रै राष्ट्र बैंकबाट ८ खर्ब १४ अर्ब ७० करोड ५५ लाख रुपैयाँ सापटी लिएका बैंक तथा वित्तीय संस्थाहरुले भदौमा ८ खर्ब ३८ अर्ब ८९ करोड ९ लाख रुपैयाँ लिएका थिए।

बैंकिङ प्रणालीमा तरलताको अभाव हुुँदै गएमा बैंकहरुले राष्ट्र बैंकबाट सापटीमा रुपमा एसएलएफ सुुविधाको प्रयोग गर्दछन्। जसको ब्याजदर ८.५० प्रतिशत रहेको छ।

गत साउन १ गतेयता राष्ट्र बैंकले बैंकहरुलाई १७ खर्ब ९१ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ सापटी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *