भृकुटीमण्डपमा सुरु भयो दसैँलक्षित डिजी पे स्टक क्लियरेन्स मेला

दसैँका लागि एकै छानामुनी किनमेल गर्न सक्नेगरी राजधानीको भृकुटीमण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आजबाट सुरु भएको छ। दसैँका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेन्ट सोलुसन प्रालिले मेला सञ्चालन गरेको हो।

भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एकै छानामुनी दैनिक उपभोग्य सामानहरु सस्तोमा उपलब्ध हुने इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए। ‘एकै छानामुनी सुपथ मूल्यमा आमउपभोक्तालाई दसैँको किनमेल गराउने उद्देश्यले मेला आयोजना गरिएको हो’, प्रधानले भने ।

मेलामा दसैँका लागि आवश्यक सबै किसिमका सामग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानले बताए। ‘मेलामा कपडा, जुत्ता, ह्यान्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकलर होम अप्लाइन्सेजलगायतका स्टलमा उपभोक्ताका आवश्यकताअनुसारका सामानहरु राखिनेछ। बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्रान्डका सामान खरिद गर्न सकिन्छ’, प्रधानले भने।

नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत मेलालाई डिस होम फाइबर नेटले प्रवर्द्धन गरेको छ। दैनिक उपभोग्यवस्तु तथा घरायसी प्रयोगका वस्तुहरुको १०० प्रदर्शनी कक्ष रहेको एक्स्पोमा धेरै किसिमका वस्तु पाइन्छ।

प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डिजीपेमार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म दसैँ विशेष छुट पाउनेछन्। बर्सेनि आयोजना हुँदै आएको एक्स्पोलाई यसपटक पनि निरन्तरता दिँदै ‘दसैँको बेला सस्तो मेला’ नारा दिइएको प्रधानले बताए।

मेला असोज १० गतेसम्म चल्नेछ । बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने मेलामा ५० हजार उपभोक्ता आउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *