कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर-२०८९’ बाँडफाँड

कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११ प्रतिशत केबीएल डिबेन्चर–२०८९’ बाँडफाँड गरिएको छ ।

बैंकले रु. १ हजार अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्रको सार्वजनिक निष्कासन गरेको थियो। कुल ३ अर्बबराबरको ऋणपत्रमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने तथा १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने भएको थियो।

सर्वसाधारणका लागि गत भदौ १७ गतेदेखि भदौ ३१ गतेसम्म बिक्री खुला गरिएको थियो। व्यक्तिगत तथा सार्वजनिक गरी जम्मा ३ अर्बबराबरको निष्कासनमा ३ अर्ब १५ करोडबराबर को आवेदन प्राप्त भएको हुँदा रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई आज असोज ७ गते ३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशनतर्फ माग भएबमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले जनाएको छ।

आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटीएम, ५३ शाखारहित बैंकिङ इकाइ तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधा प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *