कृषि विकास बैंकको सञ्चालक सदस्यमा सुमन दाहाल नियुक्त

नेपाल सरकार मन्त्रीस्तरको निर्णयानुसार कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा सुमन दाहाल मनोनयन भएका छन्।

नवनियुक्त सञ्चालक सदस्य दाहालसँग सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत छन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक दाहाललाई बैंक सञ्चालक समिति बैठक नं. ९८३ का अध्यक्ष डा. राजेन्द्रप्रसाद मिश्रले सपथ ग्रहण गराएका छन्।

सपथ ग्रहण कार्यक्रममा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरागाईं, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेललगायतका उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *