एनसीसी बैंक र फोन पेबीच क्यासब्याक सम्झौता

नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र फोन पेबीच दसैँतिहारलक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ।  एनसीसी बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलोपटक फोन पेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु. १००सम्म क्यासब्याक अफर प्रदान गरेको छ ।

यस अफरअन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एपमार्फत भुक्तानी गरेको हुनुपर्नेछ।

दसैँ र तिहार गरी दुईपटक यो अफर सञ्चालन हुने भएको छ। दसैँलक्षित यस अफर असोज ७ गतेदेखि असोज १४ गतेसम्म सञ्चालन हुनेछ भने तिहारलाई लक्षित गरी कात्तिक २ देखि कात्तिक ६ गतेसम्म सञ्चालन हुनेछ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्सटेन्सन काउन्टर र १३९ एटीएम सञ्चालन गरी ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। एनसीसी बैंक २५ वर्षदेखि आमनागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *