नागरिकता विधेयक प्रमाणीकरणको परमादेश माग गर्दै सर्वोच्चमा रिट दर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था बमोजिम नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सुनीलरञ्जन सिंहले संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै पेश गरेको रिट बिहीबार दर्ता भएको हो ।

राष्ट्रपतिलाई विपक्षी बनाउन नहुने संवैधानिक व्यवस्था भएकाले रिटमा राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ । राष्ट्रपतिले संविधानको घोर उलंघन गरेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको छ ।

संघीय संसद्का दुवै सदनले दोस्रो पटक पारित गरेर पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संविधानको व्यवस्थाविपरीत राष्ट्रपतिले कदम चालेकी थिइन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *