मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु

मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगंजका लागि छुटेको ना३ख ७८५८ नम्बरको बस दुर्घटनामा परेकाे हाे ।

घटनास्थलमा ६ जनाको च्यापिएकाे अवस्थामा शव निकालिएकाे मकवानपुरका एसपी वामदेव गौतमले जानकारी दिए । एसपी गौतमका अनुसार अहिले उद्दार कार्य जारी छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।

बस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ । दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *