बैंकहरुले बढाएको व्याजदरप्रति अर्थमन्त्री शर्मा असन्तुष्ट

बैंकहरुले बढाएको ब्याजदरप्रति असन्तुष्टि जनार्दन शर्मा  देखिएका छन् ।  उनले बैंकहरुले बचतमा अस्वभाविका ब्याज बढाउँदा त्यसको असर उत्पादनमूलक उद्योगमा परेको भन्दै बढेको ब्याजदरप्रति असन्तुष्टि जनाएका हुन् ।नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आयोजना गरेको नाडा ईभी एक्सपोको उद्घाटनका क्रममा अर्थमन्त्री शर्माले यसबारे आउँदो हप्ता नै आवश्यक निर्णय लिइने दाबी पनि गरेका छन् ।

बैंकहरुप्रति लक्षित गर्दै भने निक्षेपमा १३ प्रतिशतसम्म ब्याजदर बनाएपछि उद्योगमा लगानी कसले गर्छ ? ’ प्रश्न गर्दै अर्थमन्त्रीले भने, ‘यस्तो नीति ठिक भएन, परिवर्तन गर्नुपर्छ । अर्को हप्ता नै यसबारे मन्त्रालयमा बहस छ, त्यहीँबाट आवश्यक निर्णय लिइन्छ ।’

अर्थमन्त्री शर्माले बहसका लागि आफूले सचिवलाई निर्देशन दिइसकेको जानकारी गराउँदै यसबारे आगामी हप्ता नै निर्णय लिने दाबी गरे ।

उनले उत्पादनमूलक उद्योगलाई २ प्रतिशत सस्तो ब्याजमा कर्जा लगानी गर्नुपर्ने नीति पारित भइसकेको स्मरण गराउँदै जथाभावी ब्याजदर नबढाउन बैंकहरुलाई सांकेतिक निर्देशन पनि दिए ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *