सन नेपाल लाइफद्वारा बीमा जनचेतना कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बार्षिकोत्सवको अवसरमा बीमा जनचेतना कार्यक्रमको आयोजना गरेको छ ।

कम्पनीले असोज ५ गते धनगढी–०७, कैलालीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का करिब ८० जना विद्यार्थी र कार्यरत शिक्षक शिक्षिकाहरुबीच बीमा जनचेतना सम्बन्धि अन्तक्रिया कार्यक्रम आयोजना गरेको हो ।

साथै उक्त बीमा जनचेतना सम्बन्धि अन्तक्रिया कार्यक्रममा कम्पनीका सुदुरपश्चिम प्रमुख लक्ष्मीकान्त जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *