प्रभु बैंक र अत्तरिया हस्पिटलका बीच आकर्षक छुट सम्झौता

प्रभु बैंक लिमिटेड र कैंलालीस्थित अत्तरिया हस्पिटल प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रविकान्त जोशी र अत्तरिया हस्पिटल प्रालिका तर्फबाट प्रबन्ध निर्देशक आनन्द पाठकद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। प्रभु बैंक र उक्त हस्पिटलबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले अत्तरिया हस्पिटलद्वारा सञ्चालित (एक्स–रे, ईसीजी, इको, इन्डोस्कोपी, ओपीडी, इमर्जेन्सी टिकट शुल्क, प्याथोलोजी टेस्ट, गाइनोकोलोजी सर्जरी, अर्थोपेडिक सर्जरी, जेनरल सर्जरी, एनआईसीयू, आईसीयू, जेनरल बेड हस्पिटल एड्मिट शुल्क सेवामा १० प्रतिशत र क्याबिन हस्पिटल एड्मिट शूल्कमा २० प्रतिशतका साथै ल्याप्रोस्कोपिक सर्जरीमा ७ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सम्झौताअन्तर्गत अत्तरिया हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, अत्तरिया हस्पिटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ।

सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *