हिमालयन बैंकको न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा

हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ ।

बैंकले गत भदौ २७ देखि सञ्चालनमा ल्याएको सीडीएमबाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झन्झट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन्। सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटीएम कार्ड नै सीधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ।

उक्त मेसिनबाट जम्मा गरिएको रकम तत्कालै खातामा जम्मा हुने बैंकले जनाएको छ। जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन्।

यस सुविधाले बैंकका ग्राहकलाई बैंकिङ कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ।

हाल बैंकले नेपालभरि फैलिएका कुल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटीएम र ६ हजारभन्दा बढी पीओएस टर्मिनल्सबाट सेवा प्रदान गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *