राष्ट्र बैंकले बजारमा पठायो साढे ४ अर्बको नयाँ नोट

नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गर्र्दै बजारमा साढे ४ अर्ब रुपैयाँबराबरको नयाँ नोट पठाएको छ ।

राष्ट्र बैंकले हालसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा उक्त रकमबराबरको नयाँ नोट पठाएको हो। ‘राष्ट्र बैंकले क वर्ग, ख वर्ग र ग वर्गका संस्थाहरुमा आजसम्म साढे ४ अर्ब रुपैयाँबराबरको नयाँ नोट पठाएको छ’, राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले भने।

नेपालका अनुसार सबै बैंक तथा वित्तीय संस्थाहरुले पहिलो चरणबापतको नयाँ नोट लगेका हुुन्। दोस्रो चरणबापतको रकम पनि यही असोज ६ गतेदेखि पाइने नेपालले बताए।  राष्ट्र बैंकबाट बैंक तथा वित्त कम्पनीले माग अनुुसार २ पटक नयाँ नोट पाउनेछन्।

राष्ट्र बैंकले दसँैका लागि भदौ २९ गतेबाट नयाँ नोट सटही गर्न सुुरु गरिसकेको छ भने वाणिज्य बैंकहरुले आजबाट वितरण गर्न सुरु गरेका छन्। वाणिज्य बैंकहरुले काठमाण्डौ उपत्यका (काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला) भित्रका कम्तीमा ५ वटा शाखा कार्यालय तोकेर सर्वसाधारणलाई नयाँ नोट तथा सुकिलो नोट सटहीका लागि व्यवस्था मिलाउनुुपर्नेछ।

यसका साथै प्रतिव्यक्तिलाई ५, १०, २०, ५० र १०० दरको गरी जम्मा १८ हजार ५०० रुपैयाँसम्म दिनुुपर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *