एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज असोज २ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गर्ने निर्णय गरेको र  असोज ३ गते संविधान दिवसको सार्वजनिक विदा परेकोले आज असोज २ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन त्तहा प्रस्तावित लाभांश पाउँन सक्ने छन्।

कम्पनीले असोज १३ गते बिहिबार बाराको होटेल क्लासिक सिमरामा सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले  आ.व.२०७७/७८ को संचित नाफाबाट बितरण गर्नको लागि हाल कायाम चुक्ता पुंजी  २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको १४.५०प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँ बराबरको बोनस शेयर  र  कर प्रयोजनको लागि ०.७६ प्रतिअशतले हुन आउने  १ करोड ९३ लाख ८२ हजार ९ सय ५१ रुपैयाँ नगद गरु कुल १५.२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो  ।  कम्पनीको बार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *