साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुन ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको थियो । गत शुक्रबार छापावाल सुन ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १७० रुपैयाँमा किनबेच भएको थियो।







