साताको कारोबारको अन्तिम दिन आज शुक्रबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको शुक्रबार कारोबार हुने आज अन्तिम दिन दोहोरो अंकले ओरालो लागेर नेप्से बन्द भएको हो ।
आज नेप्से १४.१० अंकले ओरालो लागेर एक हजार ९ १०.३८ विन्दुमा बन्द भएको छ । आज नेप्सेमा ९० करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ३० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयरमूल्य ओरालो लागेको छ । पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । नबिल ब्यालेन्स फण्ड २ को शेयरमूल्य ७.८७ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, रिभल्स फल्स पावर लिमिटेड र अप्पर सोलुको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ४ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।






