काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को पहिलाे महीनामा २६ वाणिज्य बैंकहरूले कुल ८ अर्ब ७२ कराेड १७ लाख १६ हजार रुपैयाँ नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनमा २६ वाणिज्य बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक नाफा कमाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले साउनमा ७५ करोड २१ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।
त्यसैगरी, सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकहरूको दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ । ग्लोबल आइएमईले गत साउनमा ६७ करोड ३३ लाख नाफा कमाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नबिल बैंक तेस्रो स्थानमा छ । नबिलले ४९ करोड २७ लाख नाफा कमाएको छ ।
त्यसैगरी, एनईसी एसिया बैंकले ४७ करोड ६३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड एक लाख, प्राइम कमर्सियल बैंकले ३९ करोड ५४ लाख, प्रभु बैंकले ३७ करोड ६१ लाख, सिद्धार्थ बैंकले ३७ करोड ५७ लाख र एनएमबी बैंकले ३६ करोड ७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
एभरेष्ट बैंकले ३५ करोड ९५ लाख रुपैयाँ नाफा कमाउँदा नेपाल बैंकले ३५ करोड ७५ लाख, हिमालयन बैंकले ३१ करोड १८ लाख रुपैयाँ, कुमारी बैंकले २९ करोड २७ लाख, सानिमा बैंकले २८ करोड ६० लाख, स्ट्यान्डर्ड चाटर्ड बैंकले २७ करोड ९० र मेगा बैंकले २७ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यता एनसीसी बैंकले २६ करोड ९२ लाख नाफा कमाएको छ भने कृषि विकास बैंकले २६ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ ।
राष्ट्र बैंकका अनुसार साउन महिनामा माछापुच्छ्रे बैंकले २५ करोड ४२ लाख नाफा कमाएको छ भने सिटिजन्स बैंकले २४ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ ।
सनाराज बैंकको एक महिनाको नाफा २४ करोड ३५ लाख रुपैयाँ रहेको छ । लक्ष्मी बैंकले २३ करोड ४७ लाख नाफा कमाउँदा नेपाल एसबिआई बैंक, सिभिल बैंक र सेन्चुरी बैंकले क्रमश: १९ करोड ५१ लाख, १७ करोड ७७ लाख र १७ करोड ३६ लाख नाफा कमाएका छन् ।
उक्त अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा बैंक अफ काठमाण्डू रहेकाे छ । बैंकले रू. १६ करोड ३० लाख नाफा कमाएको हो ।






