इटहरीमा समृद्धि फाइनान्सको शाखा विस्तार

समृद्धि फाइनान्सले आफ्नो छैटौँ शाखाका रुपमा इटहरी शाखा कार्यालयको उद्घाटन आज एक औपचारिक कार्यक्रम गरी गरेको छ।

कार्यक्रमको प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आज भदौ २० गते इटहरी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा नेपाल राष्ट्र बैंकको प्रदेश नं. १ कार्यालयकी प्रमुख मीना पाण्डे, एटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल, इटहरी उमनपा वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेललगायतको उपस्थिति थियो।

फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तीयय कारोबारसम्बन्धी जानकारी गराएका थिए। चाँडै नै सातौँ र आठाँ शाखाका रुपमा बनेपा र जनकपुर शाखा विस्तार गर्ने तयारी भइरहेको फाइनान्सका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए।

समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ। यसका साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँचगुणा र २० वर्षमा पैसा आठगुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *