सुनको मूल्य आज (शुक्रबार) पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो । योसँगै छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।
बिहीबार पनि सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको थियो । बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १०५ रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal






