नागरिकता विधेयक विधायन समितिबाट हुबहु पास

राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित भएको छ । बुधबार बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले हुबहु पारित गरेको हो ।

विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत दर्ज गरेका छन् ।  पारित भएको उक्त विधेयक भोलि बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने तयारी छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *