बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।
यस सम्झौतापश्चात् बैंकका ग्राहकले रुपन्देहीको बुटवलस्थित मेरो स्टोरमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन्। उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
मेरो स्टोर सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
Artha Sanjal






