आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला सुन ९४ हजार रुपैयाँ र तेजाबी सुनको ९३ हजार ५०० रुपैयाँमा घटेको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला मूल्य ९४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ३०० रुपैयाँमा किनबेच भएको छ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १३० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal






