सिद्धार्थ बैंकको सीइओमा सुन्दर प्रसाद कँडेल

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कँडेल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले हाल बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका कंडेललाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । उनी ४ वर्षको लागि सीइओ भएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमको कार्यकाल सकिएपछि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रहेका कँडेललाई बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो  । गौतमको कार्यकाल साउन २५ गतेदेखि सकिएको थियो ।  साउन २६ गतेदेखि लागु हुने गरि कँडेलले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *