चाक्सीबारीबाट खाँण फर्किए,शेखर पुगे

शेरबहादुर देउवाको दूत बनेर गएका बालकृष्ण खाँण फर्केलगत्तै चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा शेखर कोइराला पुगेका छन् ।

कांग्रेस सभापतिका लागि पहिलो चरणको निर्वाचनमा दोस्रो भएका शेखर आफ्नो पक्षमा समर्थन जुटाउन सिंहको निवासमा पुगेका हुन् ।

गृहमन्त्रीसमेत रहेका खाँण फर्केलगत्तै सिंह निवासमा कोइरालाको इन्ट्री भएको हो । खाँण र कोइरालाले आ–आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरे पनि सिंहले कसैलाई वचन दिएका छैनन् ।

दुवै नेतालाई उनले साथीभाइहरूसँग सल्लाह गरेर निर्णय लिने बताएको श्रोतले बतायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *