सेयर बजारमा सामान्य वृद्धि

साताको दोस्रो काराेबार दिन आज (सोमबार) सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३.७६ अंकले बढेर एक हजार ९ सय ९३ दशमलब ०६ विन्दुमा बन्द भएको छ ।

यता,सेन्सेटिभ परिसूचक पनि १.७७ अंकले बढेर ३ सय ८७ दशमलब ४६ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २२२ कम्पनीको ३४ लाख ४० हजार ९०० कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ९ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ४ वटा समूहको सेयर मूल्य घटेको छ ।
आज १११ कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीको सेयर मूल्य घटेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *