नेपाल राष्ट्र बैंकले भोली ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले भोली ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो । यी ट्रेजरी बिलको आज बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो बिल आउँदो मंसिर १३ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।







