अनधिकृत रुपमा निर्माण भएका संरचना हटाउने काठमाडौं महागरपालिकाको अभियान आज (आइतबार) पनि जारी छ । आइतबार महानगरले भोटाहिटी–रत्नपार्कको अण्डरपास (सब–वे) माथि अवैध संरचना भत्काउँदैछ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।
नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन थालिएको हो । उक्त संरचना अवैध ठहर भएपछि भत्काउन लागिएको उनले बताए ।
सबवेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाइने महानगरपालिकाले जानकारी दिएको छ । यो सब–वेमा पैदलयात्रु हिँड्रन सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका छन् ।
Artha Sanjal






