आज सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला सुन ९५ हजार १०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ६०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको मूल्य स्थिर रहेको थियो। यो दिन प्रतितोला सुन ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९५ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मूल्य स्थिर रहँदै चाँदी १ हजार १७५ रुपैयाँमा काराेबार भएको थियो।
Artha Sanjal






