नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पहिलो चरणको निर्वाचनमा सभापतिको परिणाम आएन । निर्वाचन दोस्रो चरणमा गएको छ । दोस्रो निर्वाचन गराउन निर्वाचन समितिले तयारी गरिरहेको छ ।
महाधिवेशनमा सभापतिमा ५ जनाको उम्मेदवारी परेको थियो । पहिलो चरणको मत परिणाममा शेरबहादुर देउवा र डा. शेखर कोइराला क्रमस २ हजार २ सय ५८ र १ हजार ७ सय २९ मत प्रप्त गर्दै पहिलो र दास्रो भएका छन् ।
अब दोस्रो चरणमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ समूहको मत निर्णायक हुने भएको छ । सिंह, निधि र गुरुङले क्रमसः ३ सय ७१, २ सय ४९ र २० मत प्रप्त गरेका थिए । तिनैको मत परिणामको योगफल ६ सय ४० नै निर्णायक मत बन्ने भएको छ ।
पहिलो चरणमा मतदानमा भाग नलिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि दोस्रो चरणमा मतदान गर्न आउने नआउने कुनै प्रतिक्रिया आएको छैन् । निधिले दास्रो चरणमा निर्वाचन गए पछि देउवालाई हराउन मोर्चावन्धी गर्ने निर्वाचन अगाडि नै भनेका थिए ।
गुरुङले कस्लाई समर्थन गर्ने भनेर आफूहरु छलफल गरिरहेको बताएका छन् । सिंह समूहलाई आफूलाई मतदान गर्न देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई पठाएर रणनीति चालेका छन् ।
नेपाली कांग्रेसको आन्तरीक राजनीतिक खेलमा अहिले ट्राइबेकरको प्रतिस्पर्धा भइरहेको छ । यो खेलमा खेलाडीहरु दुई जना मात्र भएपनी समर्थकहरु पसिनामा पौडी खेल्दै अन्तिम प्रयास गरिरहेका छन् । यस खेलमा खेलाडीको भन्दा पनि समर्थकको विचार निर्णायक बनेको छ ।
यति बेला देउवा र कोइराला बीचको खेल सरू भएको छ । दर्शकहरुको पनि नतिजा हेर्नका लागि धड्कन जोरजोरले धड्की रहेको छ । खेलको नतिजा कतिवेला आउने समय अनिस्चित छ ।
प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार १० : २५ बजे






