ध्रुव थापा नाडाको अध्यक्षमा विजयी
काण्माडौँ । अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् ।
हिजो बिहीबार नाडाको नयाँ कार्यसमितिका लागि निर्वाचन भएको थियो । हिजाृे राती मत गणना गरी सार्वजनिक गरिएको परिणाम अनुसार थापाले १,४१३ र उनका प्रतिद्वन्द्वी करण चौधरीले १,३४७ मत प्राप्त गरेका थिए ।
पदाधिकारी र सदस्यमा अधिकांश चौधरीको प्यानलबाट विजयी भएका छन् । राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, मिलनबाबु मल्ल, अनुपकुमार बराल, सुनिल रिजाल चौधरीको प्यानलबाट विजयी भएका छन् ।
त्यसैगरी सोही प्यानलबाट अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंहानिया, गोपाल भट्टराई चयन भएका छन् । चौधरीको प्यानलकै निलमणि पाठक, वरदान बस्नेत र पंकज अग्रवाल मत प्राप्त गरी विजयी भए ।
त्यस्तै निराकर श्रेष्ठ, आकाश गोल्छा, यमुना श्रेष्ठ, प्रदीपमान प्रधान र कपिल शिवाकोटी अध्यक्ष निर्वाचित थापाको प्यानलबाट निर्वाचित भएका छन् ।






