बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्कमा १०%को छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टमा विशेष छुट पाउने भएका छन्।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई १०% छुट उपलब्ध गराउने मानसरोबर मनोरञ्जन पार्कसँग सम्झौता भएको हो। यो सम्झौतापश्चात् ग्राहकले मानसरोवर मनोरञ्जन पार्कमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १०%को छुट पाउने बैंकले जनाएको छ।

उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।  मानसरोवर मनोरञ्जन पार्कले बाँकेको नेपालगन्जबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।

हालसम्म बैंकले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *