चार हप्ताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप एक खर्ब २० अर्बले घटेको छ । गत असार महिनाको ३२ गतेदेखि चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउन २७ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप एक खर्ब २० अर्ब रुपैयाँले घटेको हो ।
गत असार ३२ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप साउन २७ गतेसम्म आइपुग्दा ४४ खर्ब २१ अर्ब रुपैयाँमा सिमित बनेको छ । यस चार हप्ताको अवधिमा एक खर्ब २० अर्ब रुपैयाँ निक्षेप घटेको हो ।
असार ३२ गतेदेखि साउन ६ गतेसम्मको अवधिमा ६३ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । त्यस्तै, साउन ६ गतेदेखि १३ गतेसम्म २८ अर्ब, साउन १३ गतेदेखि २० गतेसम्म ४ अर्ब र साउन २० गतेदेखि २७ गतेसम्मको अवधिमा २५ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुको निक्षेप घटेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।







