कृषि सामग्रीको गोदाममा रहेको ६ ट्रक मल किसानको कब्जामा

पर्साका किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट ६ ट्रक रासायनिक मल कब्जा गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथ लिएर किसानले कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको भुटनदेवीस्थित गोदामबाट मल नियन्त्रणमा लिएका हुन् । किसानले नियन्त्रणमा लिएको मल बालमन्दिर प्राङ्गणमा राखिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले भुटनदेवीमा रहेको गोदामबाट बाहिरी जिल्लामा मल पठाउन लागेको थाहा पाएपछि किसानले त्यो मल नियन्त्रणमा लिएका हुन् । पर्सामा कृषि सामग्री कम्पनी लिमिटेडको श्रीपुरमा रहेको प्रादेशिक कार्यालयबाटै मल वितरण हुँदै आएको छ ।

धान गोड्ने बेला हुँदा पनि किसानले मल पाएका छैनन् । त्यसैले किसान आक्रोशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *