सूर्या लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन १८.६८ प्रतिशतले बढ्यो

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १८.६८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ४ अर्ब १४ करोड रुपैयाँ रहेको थियो।

कर्जा तथा अन्यबाट हुने आय बढेर २५ करोड ७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय २४ करोड ५६ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१.२८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८६ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

कम्पनीको व्यवस्थापन खर्च बढेर ७० करोड २७ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ६० करोड ५४ लाख रुपैयाँ रहेको थियो।

कम्पनीले जीवन बीमा कोषको आकार बढाएर १४ अर्ब ९४ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोष १४ अर्ब ५५ करोड रुपैयाँमा सीमित थियो। अघिल्लो वर्षको यही अवधिसम्म ७६ करोड २७ लाख रुपैयाँ रहेको रिजर्भको आकार १२.७३ प्रतिशतले घटेर ६६ करोड ५६ लाख रुपैयाँमा झरेको छ।

चौथो त्रैमासमा कम्पनीले १३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफा समीक्षा अवधिमा ३२.७४ प्रतिशतले घटेको छ।

कुल कायम रहेको बीमालेखको संख्या ४ लाख ४८ हजार ३६ पुगेको छ। अघिल्लो वर्ष यो संख्या ३ लाख ३७ हजार ९२२ रहेको थियो।

चुक्तापुँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी ईपीएस ५.२८ रुपैयाँ रहेको छ। पीई रेसियो ७३.३६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.३७ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *