नेप्सेमा थपियो सवा २ करोड बढी कित्ता सेयर

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सवा २ करोड बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा हिमालयन बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। यो बैंकको कुल २ करोड २८ लाख ४३ हजार २४८.९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

यो बैंकले आर्थिक वर्ष २०७७/७८का लागि सेयरधनीहरुलाई २१.३८ प्रतिशत बोनस सेयर वितरण गरेको छ। सोही सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *