शेयर कारोबार हप्तामा पाँच दिन मात्रै हुने

शेयर कारोबार हप्तामा पाँच दिन मात्रै हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गत असार महिनादेखि हप्तामा ६ दिन शेयर कारोबार गर्न थालेको थियो ।

फेरि पाँच दिन मात्रै शेयर कारोबार गर्ने व्यवस्था गर्न लागिएको नेप्सेका प्रबन्धक निरन्जन फुयाल बताए । उनले बिहिबार नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।

उनले कार्यक्रममा बोल्दै भने, ‘गत असार महिनादेखि शुक्रबार पनि दुई घण्टा शेयर कारोबार गरिदै आएको छ । तर, अब फेरि शुक्रबारको शेयर कारोबार बन्द गराउन लागेका छौं । चाडै नै पुनः हप्तामा पाँच दिन मात्रै शेयर कारोबार गर्ने व्यवस्था गर्छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *