एनएमबि बैंकको खुद नाफा ३६ प्रतिशतले बढ्यो

आर्थिक वर्ष ७८/७९ मा एनएमबि बैंकको खुद नाफा ३६.५३ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७७/७८ मा बैंकले २ अर्ब ७१ करोड  खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा बढेर ३ अर्ब ७० करोड पुगेको हो ।

यस अवधिमा  बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड रहेको छ ।  बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशतले बढेर ६ अर्ब ५५ करोड पुगेको छ ।

समिक्षा अवधिमा  बैंकको डिपोजिट १२.३७ प्रतिशतले बढेर १ खर्ब ८४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १६.४१ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब पुगेको छ । १८ अर्ब ३६ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ८ अर्ब ८४ करोड रहेको छ ।

यस अवधिमा  बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ १५ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १८४ रुपैयाँ १४ पैसा रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *