सगरमाथा इन्स्योरेन्सले शंकरदेव क्याम्पसमा निर्जीवन बीमा सम्बन्धी जनचेतमुनालक कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसको स्नातक तहमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरुलाई कम्पनीबाट उपलब्ध गराईने मोटर बीमा, अग्नी बीमा, सामुद्रिक बीमा, सम्पत्ती बीमा, औषधि उपचार बीमा, पशुधन, बाली बीमालगायतका विषयमा जानकारी प्रदान गरिएको इन्स्योरेन्सले जनाएको छ ।
कार्यक्रममा बि.बि.एस. प्रोग्रामका डाईरेक्टर रीता मास्के र सगरमाथा इन्स्योरेन्सका सहायक प्रबन्धक शसीधर शर्मा, सगरमाथा इन्स्योरेन्स गैरिधारा शाखाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पश्चात सहभागीहरुले बीमाको महत्व तथा आवश्यकता बारे बुझ्न पाएको खुशी व्यक्त गरेका थिए । साथै उनीहरुले बीमाका विषयमा सकारात्मक प्रतिक्रिया समेत दिएका थिए ।
Artha Sanjal






