नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब २९ प्रतिशत कम खुद नाफा गरेको छ । अघिल्लो वर्ष १६ करोड ६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ११ करोड ४० लाख रूपैयाँभन्दा बढी मात्र यो नाफा गरेको हो ।
सञ्चालन नाफा अघिल्लो वर्षभन्दा ४७ दमलव ७५ प्रतिशत कम भएकाले कम्पनीको खुद नाफामा असर परेको हो । अघिल्लो वर्ष २४ करोड ९७ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष १३ करोड ४ लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी कम हुनु र कर्मचारी खर्च बढ्नुले खुद नाफामा असर परेको देखिन्छ ।
अघिल्लो वर्ष ४७ करोड ६५ लाख रूपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष ३९ करोड १० लाख रूपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको देखिन्छ । अघिल्लो वर्ष २० करोड १ लाख रूपैयाँभन्दा बढी कर्मचारी खर्च भएकोमा गत वर्ष २४ करोड ५८ लाख रूपैयाँभन्दा बढी भएको हो ।







