संसद चल्न नदिने ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालले निकालेको सांसदहरू रहेसम्म संसद चल्न नदिने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहररूले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने बताए । सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद बैठक चल्न नसक्ने चेतावनी दिएका हुन् ।

ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने पनि बताएका छन् । अदालतमा देखिएको अवस्था पाँच दलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको भन्दै उहाँले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको आरोप लगाएका छन् ।

सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै उहाँले ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए । वर्तमान सरकारको छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने भन्दै उनले जनताले मुल्यांकन गरेर फैसला गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *