जसले छ तला माथिबाट खस्दै गरेकी बालिकाको जीवन बचाए

चीनको एउटा छ तले अर्पाटमेन्टबाट खसेकी बच्चीलाई भुँइमा बजारिन नपाउँदै च्याप्प समातेर ज्यान जोगाउने झेजियाङ प्रान्तका एकजना पुरुष अहिले भाइरल भएका छन् ।

उक्त साहसिक एवं सह्रानीय कार्यको भिडियो सार्वजनिक हुनासाथ उनी भाइरल भएका हुन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाङले शुक्रबार ट्विटरमा अपलोड गरेको सीसीटीभी फुटेजमा १९ जुलाईमा बाटोमा उभिएर फोनमा कुरा गरिरहेका उनी अनियन्त्रित गतिमा दौडँदै भवनसामु पुगेर माथि हेरेको र लगत्तै खस्दै गरेकी बच्चीलाई दुवै हातले समाएको देखिन्छन् ।

उक्त फुटेजमा तीन वर्षिया बच्ची अचानक झ्यालबाट चिप्लिएर खसेको देखिन्छ । तोंगसियाङ सेकेन्ड पिपुल्स हस्पिटलमा उपचारपछि ती फुच्चीलाई डिस्चार्ज गरिएको छ ।

ती पुरुषले चिनियाँ सञ्चार माध्यमलाई अचानक अपार्टमेन्टको माथिल्लो भागबाट केही आवाज आएको सुनेको र माथिबाट बच्ची खस्दै गरेको देखेको तथा समयमै बच्चीलाई समाउन सकेकोमा आफूलाई भाग्यमानी ठानेको बताएका छन् ।

झाओ लगायत चिनियाँ सामाजिक सञ्जाल वाइवोका प्रयोगकर्ताहरूले उनलाई ‘हिरो’को संज्ञा दिएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *