महरा काण्डकी रोशनी शाही पक्राउ

तत्कालीन सभामुख कृष्ण बहादुर महरा काण्डकी रोशनी शाही पक्राउ परेकी छन् । सिद्धबाबालाई बलात्कारी भनेपछि प्रहरीले रोशनी शाहीलाई पक्राउ गरेको हो । सिद्धबाबा भनेर चिनिने कृष्ण गिरीलाई शाहीले बलात्कारी भन्दै होहल्ला गरेपछि प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो ।

पशुपतिमा आयोजित अतिरुद्र महायज्ञमा पुगेकी शाहीले सोमबार सिद्धिबाबालाई बलात्कारी भनेकी थिइन् । सिद्धबाबाविरुद्ध बलात्कार आरोपमा चलेको मुद्दा अहिले पनि सुनसरी जिल्ला अदालतमा विचाराधीन छ ।

शाही पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर चर्चामा आएकी थिइन् । उक्त मुद्दामा महराले सफाई पाइसकेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *