सनराइज बैंकको नाफा ४८.६९ प्रतिशतले बढ्यो

सनराइज बैंकले चौथो त्रैमाससम्ममा नाफामा ४८.६९ प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक वर्षको असारसम्म आइपुग्दा २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ कमाएको  छ । अघिल्लो असार मसान्तमा १ अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँ कमाएको थियो ।

एक बर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ५८ करोड २ लाख रुपैयाँ, सञ्चालन मुनाफा २ अर्ब ७३ करोड ९ लाख ८१ करोड रुपैयाँ रहेको छ । असार मसान्तसम्म १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब १४ करोड ३३ लाख ९८ हजार ७ सय ४४ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *