एक्सेल डेभलपमेन्ट बैंक अठारौ बर्षमा प्रवेश

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय कारोवार संचालन शुरुवात गरेको अवधि १७ बर्ष पुरा गरी २०७९ श्रावण ०६ गतेबाट १८ बर्षमा प्रवेश गरेको छ । वैंकले आफ्नो १७ औं वार्षिक उत्सवको अवसरमा २०७९ श्रावण ५ गतेका दिन विरामीहरुको उपचारमा सहयोग पुर्याउने हेतु वैंकको केन्द्रीय कार्यालय रहेको स्थान विर्तामोड, झापामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न शुभेच्छुक व्यक्तिहरु, संघ संस्थाका पदाधिकारीहरु, वैंकका कर्मचारीहरुबाट ५३ पिन्ट रगत संकलन गरी रेडक्रस सोसाइटी, उपशाखा विर्तामोड झापालाई प्रदान गरिएको थियो । शुक्रबार वार्षिक उत्सवका दिन बैंकको केन्द्रीय कार्यालय रहेको स्थान विर्तामोड, झापामा विभिन्न वित्तीय चेतनामूलक प्लेकार्डहरु सहित प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको हो । वार्षिकोत्सव कार्यक्रम औपचारिक रुपमा सिद्धार्थ होटल, विर्तामोड, झापामा आयोजना गरिएको थियो ।

झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोर¨, सुनसरी र पॉचथरका विभिन्न ४४ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहरु समक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ भने चालु आ.व.मा प्रदेश नं. १ भर आफ्नो कारोवार सञ्चालन गर्ने उदेश्यका साथ आवश्यक न्युनतम चुक्ता पु‘जी पुरा गरिसकेको हुनाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै कार्यक्षेत्रभित्रका जिल्लाहरुमा थप न‘या शाखाहरु स्थापना गर्ने लक्ष्य लिएको छ ।

सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा आयोजित उक्त वार्षिक उत्सव कार्यक्रमको संचालन कम्पनी सचिव श्याम बहादुर बोहोराले गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले स्वागत मन्तव्य सहित बैंकका वर्तमान गतिविधिहरुको वारेमा मन्तव्य राखेका थिए ।

बैंकका संस्थापक शेयरधनी डा. रुपक खनाल, विर्तामोड खानेपानी आयोजना तथा मेची आँखा अस्पतालका अध्यक्ष जल कुमार गुरुङ, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले बैंकको उन्नती तथा प्रगतीका लागि शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *