लाभांश पारीतका लागि एनएमबि बैंकको साधारण सभा पुस २२ गते

एनएमबि बैंकले २६औं वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशाधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल थपघट गर्न निर्देशन दिएमा सोही बमोजिम गर्नसञ्चालक समितीलाई अख्तियारी दिने प्रस्ताव पारीत गर्नेछ ।

साथै  सभाले १२ दशमलव ५० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *